पाठ १३ सूचना तथा सञ्चार प्रविधि
सही उत्तर छान्नुहोस् :
तलका मध्ये कुनले एनालग सिग्नलको प्रतिनिधित्व गर्छ?
(अ) इन्फ्ररेड रे थर्मोमिटर
(आ) कम्प्युटर
(इ) स्मार्ट घडी
(ई) मिडियम वेब रेडियो
…………………….. ले 1 byte मेमोरी जनाउँछ ।
(अ) 0000
(आ) 00000000
(इ) 100000
(ई) 000001
तलका मध्ये डिजिटल सिग्नल प्रसारणका चरणमध्ये सही क्रममा रहेका चरणको समूह कुन हो ?
(अ) स्रोत, इनपुट ट्रान्सड्युसर, डिकोडर, मोड्युलेटर, च्यानल, डिमोड्युलेटर, इन्कोडर, आउटपुट ट्रान्सड्युसर
(आ) स्रोत, इनपुट ट्रान्सड्युसर, इन्कोडर, डिमोड्युलेटर, च्यानल, मोड्युलेटर, डिकोडर, आउटपुट ट्रान्सड्युसर
(इ) स्रोत, इनपुट ट्रान्सड्युसर, इन्कोडर, मोड्युलेटर, च्यानल, डिमोड्युलेटर, डिकोडर, आउटपुट ट्रान्सड्युसर
(ई) स्रोत, इन्कोडर, इनपुट ट्रान्सड्युसर, मोड्युलेटर, च्यानल, डिमोड्युलेटर, आउटपुट ट्रान्सड्युसर डिकोडर,
तलका मध्ये अडियो फाइल फर्मेट कुन हो ?
(अ) SVI
(आ) .MP3
(इ) .MP4
(ई) 3GP
सामाजिक सञ्जालमा समय समयमा नयाँ वैज्ञानिक खोजसम्बन्धी जानकारी पोस्ट गर्ने व्यवहारले के जनाउँछ ?
(अ) सामाजिक सञ्जालको अव्यवस्थित प्रयोग
(आ) डिजिटल आरोग्यता सिप
(इ) डिजिटल आरोग्यताका लागि सजगता
(ई) डिजिटल प्रतिष्ठा व्यवस्थापन
फरक लेख्नुहोस् :
एनालग सिग्नल र डिजिटल सिग्नल
उत्तरः
एनालग सिग्नल प्रसारण र डिजिटल सिग्नल प्रसारण
डिजिटल आरोग्यता र डिजिटल रेपुटेसन
उत्तरः
तलका प्रश्नको उत्तर लेख्नुहोस् :
कम्प्युटर मेमोरीमा प्रयोग हुने विट (bit) र बाइट (byte) परिभाषित गर्नुहोस् ।
उत्तरः कम्युटर मेमोरीमा प्रयोग हुने सबैभन्दा सानो भण्डारण एकाइ बिट हो। भने यस्ता आठ विटहरु मिलेर बाइट एकाइ बन्दछ।
वर्तमान समयमा प्रयोग हुने हाइ स्पिड इन्टरनेटलाई ब्रोडबेन्ड प्रसारणका रूपमा प्रस्तुत गर्नुहोस् ।
उत्तरः ब्रोडब्याण्ड प्रसारणमा डाटालाई आवाज तथा भिडियोको रुपमा लामो दुरीसम्म प्रसारण गर्न सकिन्छ। यसको क्षमता धेरै हुन्छ।यस प्रसारणद्वारा धेरै ट्रान्समिसन फ्रिक्वेन्सिमा अप्टिकल वा इलेक्ट्रोम्याग्नेटिक तरङ्गको रुपमा एनालग सिग्नल प्रसारण गर्न सकिन्छ। त्यसैले हाइ स्पिड इन्टरनेटलाई ब्रोडबेन्ड प्रसारणको रुपमा लिइन्छ।
डिजिटल प्रसारणका चारओटा फाइदा लेख्नुहोस् ।
उत्तरः क. डिजिटल सिग्नलमा विकृति, बाह्य मिसावटको प्रभाव कम हुन्छ।
ख. डिजिटल प्रसारणको लागि प्रयोग हुने सर्किट अधिक विश्वसनिय हुन्छ।
ग. डिजिटल सर्किट डिजाइन गर्न सजिलो हुन्छ।
घ. डिजिटल सर्किटमा इन्कोडिङ र कम्प्रेसनद्वारा सूचनाको गोप्यता कायम गर्न सकिन्छ।
कुनै दुईओटा उदाहरण प्रस्तुत गरी सूचना तथा सञ्चार प्रविधिको विकासमा डिजिटल प्रविधिको प्रभाव प्रस्ट पार्नुहोस् ।
सूचना तथा सञ्चार प्रविधिको विकासमा डिजिटल प्रविधिको प्रभाव निम्न अनुसार छन्।
क. डिजिटल टेलिकम्युनिकेसन:
डिजिटल टेलिकम्युनिकेसनले तिव्र सञ्चार सम्भव भएको छ।,एउटै च्यानलबाट एकसाथ थुप्रै टेलिफोन कल प्रसारण गर्न सम्भव भएको छ।
ख. डिजिटल मिडिया:
सूचना सञ्चारका लागि विभिन्न माध्यम उपलब्ध छन्। सञ्चारका लागि इलोक्ट्रोनिक उपकरण प्रयोग हुने माध्यम डिजिटल मिडिया हुन्। डिजिटल उपकरण मार्फत नयाँ डिजिटल मिडियाको सिर्जना गर्ने, समाचार हेर्ने, अनलाइन सूचना प्रसारण जस्ता कार्य गर्न सकिन्छ।
दैनिक जीवनमा प्रयोग गरिने डिजिटल प्रविधिका कुनै चारओटा उदाहरण प्रस्तुत गर्नुहोस् ।
उत्तरः डिजिटल थर्मोमिटर, क्यालकुलेटर, डिजिटल वालेट, पत्र पत्रिका, अनलाइन अदालत, डिजिटल स्पिडोमिटर, स्मार्ट घडि आदी ।
दैनिक जीवनमा डिजिटल प्रविधिका दुई दुईओटा सकारात्मक र नकारात्मक प्रभाव लेख्नुहोस् ।
उत्तरः डिजिटल प्रविधिका दुईवटा सकारात्मक पक्षहरुः
१. डिजिटल पुस्ताकालय संचालन गर्न सकिन्छ।
२. अनलाईन व्यापार गर्न सकिन्छ।
३. डिजिटल भुक्तानी गर्न सकिन्छ।
डिजिटल प्रविधिका दुईवटा नकारात्मक पक्षहरुः
१. डिजिटल अपराध, साइबर अपराधहरु हुने गर्दछन्।
२. व्यक्तिमा सामाजिक समस्या देखा पर्न सक्छ।
३. मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या देखा पर्न सक्छ।
डिजिटल सिटिजनसिप परिभाषित गर्नुहोस् ।
उत्तरः अनलाइनमा वा भर्चुअल संसारमा सक्रिय हुने व्यक्तिको परिचयलाइ डिजिटल सिटिजनसिप वा नेटिजन भनिन्छ ।
असल नेटिजनका चारओटा विशेषता लेख्नुहोस् ।
उत्तरः असल नेटिजनका विशेषताहरु यस प्रकारका छन्।
१. अनलाइन तथा इन्टरनेटमा प्रयोग गरिने भाषा र व्यवहार सभ्य हुनुपर्छ।
२. आफ्नो वास्तविक परिचय, प्रोफाइल तथा फोटो प्रयोग गर्नुपर्छ।
३. सबै प्रकारका सामाजिक सञ्जालमा एकै प्रकारमा परिचय राख्नुपर्छ।
४. बौद्धिक चोरी गर्नुहुँदैन, बरु अन्य स्रोतबाट लिइएको सामाग्रीको स्रोत उल्लेख गर्नुपर्छ ।
अनलाइन रेपुटेसन भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।
उत्तरः व्यक्तिले अनलाइनमा वा भर्वुअल संसारमा सक्रिय हुँदा देखाउने व्यवहारको प्रतिष्ठालाई डिजिटल रेपुटेसन भनिन्छ।
डिजिटल आरोग्यता भनेको के हो ?
उत्तरः मानिसले अनलाइन र अफलाइन रहने समयविच सन्तुलन राखी शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपले स्वस्थ्य रहनु नै डिजिटल आरोग्यता हो।
डिजिटल आरोग्यताका फाइदा लेख्नुहोस् ।
उत्तरः डिजिटल आरोग्यताको फाइदाहरु निम्न छन्।
१. यसले मोटोपना, अनिद्रा, दृष्टि समस्याको साथै मानसिक तनाव हुनबाट बचाउँछ।
२. यसले इन्टरनेट प्रयोगबाट हुन सक्ने डिप्रेसन, चिन्ता, आत्मसम्मानमा हुने कमि, आक्रामक स्वभाव हुनबाट बचाउँछ।
डिजिटल आरोग्यताका लागि आवश्यक कुनै चारओटा सजगताबारे लेख्नुहोस्।
उत्तरः १. डिजिटल स्क्रिन समय छुट्याउने।
२. सामाजिक सञ्जाल प्रयोग उमेर समय छुट्याउने
३. कार्यरत स्थलमा मोबाइल नोटिफिकेसन अफ गर्ने।
४. स्मार्ट फोनमा डिजिटल आरोग्यता एप्लिकेसन install गरी प्रयोग गर्ने।
डिजिटल प्रतिष्ठा व्यवस्थापन भनेको के हो ?
उत्तरः इन्टरनेटमा वा भर्चुअल संसारमा सक्रिय रहने व्यक्तिले अनलाईनमा देखाउने व्यवहारको प्रतिष्ठाको व्यवस्थापनलाई डिजिटल प्रतिष्ठा व्यवस्थापन भनिन्छ।
डिजिटल प्रतिष्ठा व्यवस्थापनका दुईओटा उदाहरण प्रस्तुत गर्नुहोस् ।
उत्तरः डिजिटल प्रतिष्ठा व्यवस्थापनका दुईओटा उदाहरणहरु निम्न छन्।
१. सामाजिक सञ्जालमा एउटै नाम, परिचय र वास्तविक प्रोफाइल राख्ने।
२. जथाभावी अनाधिकारिक पोष्टहरु लाइक, कमेन्ट र सेयर नगर्ने ।
३. अरुको बौद्धिक सम्पतिको प्रयोग गर्दा सम्मान गरी स्रोत उल्लेख गर्ने।
डिजिटल प्रतिष्ठा व्यवस्थापनका चारओटा महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तरः क. व्यक्तिको प्रोफाइलको वास्तविकता र विश्वसनियता बढाउँछ।
ख. व्यक्तिको वौद्धिकता र विभिन्न क्षेत्रको ज्ञान, विषेशता प्रदर्शन गराउँछ।
ग. कुनै पनि सूचना तथा पोष्टहरुको आधिकारिकताको विश्वसनियता बढाँउछ।
घ. व्यक्तिको असल नेटिजनको परिचय दर्साउँछ ।
ङ.अरु व्यक्तिको वौद्धिक सम्पतिको दुरुपयोग नगर्ने सुनिश्चितता गर्छ।
सामाजिक सञ्जालको प्रयोग तथा उपयोगिताका आधारमा दुईओटा सकारात्मक प्रभाव लेख्नुहोस् ।
उत्तरः १. यसको प्रयोगले सूचनाहरु, विश्व घटनाहरु घरमै बसेर छोटो समयमा थाहा पाउँन सकिन्छ।
२. यसको प्रयोगले विविध विषयहरु अध्ययन तथा नयाँ जानकारीहरु प्राप्त गर्न सकिन्छ।
सामाजिक सञ्जालको प्रयोगबाट सम्भावित दुईओटा नकारात्मक असर लेख्नुहोस् ।
उत्तरः सामाजिक सञ्जालको प्रयोगबाट सम्भावित दुईओटा नकारात्मक असरहरु निम्न छन्।
१. यसको प्रयोगबाट इन्टरनेटमा हुने जालसाजी धोकाधडी वा अन्य अपराध घट्न सक्छ।
२. मानिसमा सामाजिक, मानसिक तथा शारीरिक (आँखा तथा टाउको) समस्या देखा पर्न सक्छ।
कक्षा 10 को विज्ञान तथा प्रविधिअन्तर्गत कुनै एउटा एकाइमा समावेश विषयवस्तु समेटेर 5 मिनेटको श्रव्यदृश्य सामग्री बनाउन तापाईंको योजना लेख्नुहोस् । उक्त श्रव्यदृश्य साम्रग्रीलाई 3 मिनेटको बनाउन के गर्न सकिन्छ ? आवश्यक चरण समावेश गरी लेख्नुहोस् ।
उत्तरः
१. कक्षा १० को जीव विज्ञान अन्तर्गत मानव शरीरमा रक्तसञ्चार पाठको अध्यापन सहयोगी सामग्री निर्माण गर्न, आवश्यक चित्र, पोष्टर र मुटुबाट रक्तसञ्चार देखिने एनिमेटेड भिडियो खोजी संकलन गर्ने।
२. कुनै एउटा भिडियो रेकर्डिङ एप्लिकेसन वा सफ्टवेयर प्रयोग गरी ति सामग्रीहरुको प्रयोग गर्दै लगभग ५ मिनेटको श्रव्यदृश्य सामग्री वा भिडियो निर्माण गर्ने।
३. उक्त सामग्रीलाई ३ मिनेटको बनाउनुपरेमा, फिल्मोरा एप्लिकेसन वा अन्य कम्युटर भिडियो इडिटिङ सफ्टवेयर प्रयोग गरी मुख्य अंशहरु रहने गरी भिडियो काटछाँट गर्ने र सेभ गर्ने।
४. उक्त काटछाँट गरिएको भिडियो सामग्रीलाई पुनः फिल्मोरा वा अन्य सफ्वेयर प्रयोग गरी एउटै भिडियो हुने गरी भिडियो जोएन गरी अन्तिम सामग्री निर्माण गर्ने।