पाठ १७ धातु र अधातु

 पाठ १७ धातु र अधातु


  1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

  1. फलामको मुख्य धाउ कुन हो ?

(अ) बक्साइट

(आ) हेमाटाइट

(इ) अर्जेन्टाइट

(ई) पाइराइट

  1. प्रकृतिमा शुद्ध अवस्थामा पाइने धातु कुन हो ?

(अ) आल्मिनियम

(आ) फलाम

(इ) तामा

(ई) सुन

  1. प्रारम्भिक चरणमा धाउलाई शुद्ध पार्न अपनाइने प्रक्रिया कुन हो ?

(अ) स्मेल्टिङ

(आ) कन्सन्ट्रेसन

(इ) रोस्टिङ

(ई) ग्राइन्डिङ

  1. दिइएका कुन धाउलाई अक्सिडाइज गर्न रोस्टिङ गरिन्छ ?

अ) हेमाटाइट

(आ) बक्साइट

(इ) सिडेराइट


  1. स्मेल्टिङ कुन प्रक्रियाअन्तर्गत पर्दछ ?

(अ) ग्राइन्डिङ

(आ) रिफाइनिङ

(इ) अक्सिडेसन

(ई) रिडक्सन

  1. कारण दिनुहोस् :

  1. सबै धाउ खनिज हुन् तर सबै खनिज धाउ होइनन् ।

कुनै खनिज  पदार्थमा धातुको मात्रा धेरै हुन्छ र यसबाट सजिलै र प्रशस्त मात्रामा धातु निकाल्न सकिन्छ भने कुनै खनिज पदार्थमा धातुको मात्रा कम हुन्छ र सजिलैसँग धेरै मात्रामा धातु निकाल्न सकिदैँन। जुन खनिजबाट धातु सजिलै र प्रशस्त निकाल्न सकिन्छ त्यसलाई धाउ भनिन्छ भने जुन खनिजबाट सजिलैसँग प्रशस्त धातु निकाल्न सकिदैँन त्यसलाई धाउ भन्‍न सकिदैँन। त्यसैले सबै धाउ खनिज हुन् तर सबै खनिज धाउ होइनन् ।


  1. कन्सन्ट्रेसन पश्‍चात् धाउलाई अक्सिडेसन गरिन्छ ।

धातुको अक्साइडबाट धातु निकाल्न सरल हुने हुनाले धाउको कन्सन्ट्रेसन पश्‍चात् धाउलाई अक्सिडेसन गरिन्छ ।

  1. फरक लेख्नुहोस् :

  1. खनिज र धाउ

खनिज

धाउ

पृथ्वीको क्रस्टमा  शुद्ध, ठोस र मणिभ आकारमा पाइने यौगिकहरुलाई खनिज भनिन्छ।

जुन खनिजबाट धातु सजिलै र प्रशस्त निकाल्न सकिन्छ त्यसलाई धाउ भनिन्छ।

सबै खनिज धाउ होइनन् ।

सबै धाउ खनिज हुन्।


  1. रोस्टिङ र क्याल्सिनेसन


रोस्टिङ

क्याल्सिनेसन

धाउलाई भट्‍टीमा राखी प्रचुर मात्रामा हावाको प्रवाह गराई धाउमा भएको धातुलाई तताएर यसको अक्साइडमा परिवर्तन गर्नर बिधिलाई रोस्टिङ भनिन्छ। 

धाउलाई भट्‍टीमा राखी हावाको प्रवाहबिना वा अक्सिजनको अनुपस्थितिमा तताई धातुको अक्साइडमा परिवर्तन गर्ने बिधिलाई क्याल्सिनेसन भनिन्छ।

सल्फाइड धाउलाई धातु अक्साइडमा परिवर्तन गर्न रोस्टिङ गरिन्छ।

कार्वोनेट धाउलाई धातु अक्साइडमा परिवर्तन गर्न क्याल्सिनेसन गरिन्छ।


  1. अक्सिडेसन र रिडक्सन


अक्सिडेसन

                  रिडक्सन

धाउलाई धातुको अक्साइडमा परिवर्तन गर्ने बिधिलाई अक्सिडेसन भनिनछ।

धातु अक्साइडबाट अक्सिजन हटाउने बिधिलाई रिडक्सन भनिन्छ।

यसमा रोस्टिङ र क्याल्सिनेसन  प्रकियाहरु पर्दछन। 

यसमा स्मेल्टिङ प्रक्रिया पर्छ।


  1. तलका प्रश्नको उत्तर दिनुहोस् :

  1. धातु प्राप्त गर्ने स्रोत के हो ?

धातु प्राप्त गर्ने स्रोत धाउ हो।


  1. फलाम, तामा, आल्मिनियम र चाँदीका धाउको सूची बनाउनुहोस् ।

फलामका धाउहरु:

हेमाटाइट

म्याग्‍नेटाइट

सिडराइट

लिमोनाइट

तामाका धाउहरु:

चाल्कोसाइट 

कपर पाइराइट

क्युप्राइट

आल्मुनियमका धाउहरु

बक्साइट

क्रायोलाइट

कोरन्‍डम

चाँदिका धाउहरु:

अर्जेन्‍टाइट

हर्न सिल्भर

रुबी सिल्भर

सिलभर कपर ग्लान्स


  1. मेटालर्जी एक चरणबद्ध प्रक्रिया हो, कसरी ? व्याख्या गर्नुहोस् ।

मेटालर्जीमा धाउहरुबाट धातु  प्रशोधन गर्न, धाउका प्रकृति अनुसार क्रमिक रुपमा ग्राइन्डिङ, कन्सन्ट्रेसन, अक्सिडेसन वा रिडक्सन, र रिफाइनिङ जस्ता प्रकृयाहरु चरणबद्ध रुपमा गरी शुद्ध रुपमा धातु प्राप्त गरिने भएकोले, मेटालर्जी एक चरणबद्ध प्रकृया हो ।


  1. इलेक्ट्रोरिफाइनिङबाट कसरी शुद्ध धातु प्राप्त हुन्छ ? एउटा क्रियाकलापको सहायताबाट व्याख्या गर्नुहोस् ।


इलेक्ट्रोरिफाइनिङबाट शुद्ध धातु प्राप्त गर्ने तरिका:

आवस्यक सामग्रीहरु:  भो‍ल्टामिटर, अशुद्ध तामाको पाता, शुध्ध तामाको पाता,ब्याट्री, निलो तुथोको घोल।

विधि:

  1. एउटा भोलटामिटरमा निलोतुथोको घोल लिनुपर्छ।

  2. अशुद्ध तामाको पातालाई ब्याट्रीको धनात्मक ध्रुव र शुद्ध तामाको पातालाई ब्याट्रीको ऋृणात्मक ध्रुवसँग जोडी चित्रमा जस्तै एनोड र क्याथोड बनाउनुपर्छ।

  3.  भोल्टामरटरमा विद्युत प्रवाह गर्नुपर्छ।

  4. एनोडमा भएको अशुद्ध तामाको पाता खिइँदै जान्छ र क्याथोडमा भएको शुद्ध तामाको पातामा तामा थपिँदै जान्छ।

यसरी विद्युत विच्छेदन विधि प्रयोग गरी अशुद्ध तामाबाट शुद्ध तामा प्राप्त गर्न सकिन्छ।


Post a Comment

Popular Items