एकाइ १४ तत्त्वहरूको वर्गीकरण

तत्त्वहरूको वर्गिकरण


  1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

  1. इलेक्ट्रोनिक विन्यास 1s^2, 2S^2, 2p^3   भएको तत्त्व आधुनिक पेरियोडिक तालिकाको कुन ग्रुपमा पर्छ ?

  1.  IIIA (आ) IIIB (इ) VA (ई) VB

  1. आधुनिक पेरियोडिक तालिकाको ग्रुप IIA र IIIA बिचमा रहेका तत्त्वलाई के भनिन्छ ?

(अ) अल्काली धातु (आ) सङ्क्रमण धातु

(इ) अल्कलाइन अर्थ धातु (ई) रेयर अर्थ धातु

  1. तलका मध्ये सबैभन्दा क्रियाशील अधातु कुन हो ?

(अ) फ्लोरिन (आ) क्लोरिन

(इ) ब्रोमिन (ई) आयोडिन

  1. तलका मध्ये सबैभन्दा क्रियाशील धातु कुन हो ?

  • (अ) लिथियम (आ) सोडियम

(इ) पोटासियम (ई) सिजियम

  1. आधुनिक पेरियोडिक तालिकामा निष्क्रिय ग्याँस (inert gas) कुन ग्रुपमा पर्दछन् ?

  1.   0 (आ) IA (इ) VIIB (ई) VIIA

  1. तलका मध्ये कुन समूहले तत्त्वको धातु गुण बढ्दै जाने उचित क्रम सङ्केत गर्छ ?

(अ) Be<Mg<Ca (आ) Na<Li<K

(इ) Mg<Al<Si (ई) C<O<N

  1. तालिकामा तत्त्वहरू A, B, C र D का स्थानहरू देखाइएको छ  कुन तत्त्वले अम्लीय अक्साइड बनाउन सक्छ ?


A



















B



















































C



















D






































  1. A (आ) B (इ) C (ई) D

  1. कारण दिनुहोस् :

  1. तत्त्वहरूको वर्गीकरण गर्न आवश्यक छ ।

क. तत्वहरुलाई व्यबस्थित तरिकाले अध्ययन गर्न।

ख. छोटो समयमा धेरै तत्वहरुको अध्ययन गर्न।


  1. आधुनिक पेरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जाँदा तत्त्वहरूको आकार बढ्छ । 

आधुनिक पेरियोडिक तालिकाको कुनै पनि ग्रुपमा माथिबाट तल जाँदा तत्त्वहरूको आकार बढ्छ किनभने  इलेक्ट्रोनको साथै सेलको संख्‍या बढ्दै जान्छ र तत्वहरुको आकार बढ्दै जान्छ।


  1. आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको आकार घट्छ ।

आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको बाहिरी सेलमा भएको इलेक्ट्रोनको संख्‍या बढ्दै जान्छ र भ्यालेन्स इलेक्ट्रोन र न्युक्लियसमा हुने प्रोटोनबिच आकर्षण बल बढ्छ जसले गर्दा तत्व केहि खुम्चन्छ। त्यसैले आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको आकार घट्छ।



  1. आधुनिक पेरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ।

आधुनिक पेरियोडिक तालिकामा हाइड्रोजन अधातु हो तर पनि यसलाई धातुको समूहमा राखिएको छ किनभने हाइड्रोजनको बाहिरी कक्षमा एउटा मात्र इलेक्ट्रोन हुन्छ र इलेक्ट्रोन विन्यास अरु धातुको जास्तै 1S^1 हुन्छ। 


  1. सोडियमभन्दा पोटासियम बढी क्रियाशील हुन्छ ।

सोडियम भन्दा पोटासियम बढि सक्रिय हुन्छ । किनकि यी दुवै IA समूहमा पर्दछ यो धातुको समूह हो धातुहरु जति माथिबाट तल गयो त्यति बढी सक्रिय हुन्छन्। यिनीहरुको आकार माथिबाट तल जाँदा ठुलो हुन्छ, न्यूक्लियस र बाहिरी सेलमा रहेका इलेक्ट्रोन बीचको आकर्षण बल कम हुने हुँदा, सोडियमलाई भन्दा पोटासियमलाई इलेक्ट्रोन गुमाउन सजिलो हुन्छ र सोडियमभन्दा पोटासियम बढी क्रियाशील हुन्छ ।


  1. क्लोरिनभन्दा फ्लोरिन बढी क्रियाशील हुन्छ ।

क्लोरिन भन्दा फ्लोरिन बढि सक्रिय हुन्छ । किनकि यी दुवै VIIA समूहमा पर्दछ यो अधातुको समूह हो अधातुहरु जति तलबाट माथि गयो त्यति बढी सक्रिय हुन्छन्। यिनीहरुको आकार तलबाट माथि जाँदा सानो हुन्छ, न्यूक्लियस र बाहिरी सेलमा रहेका इलेक्ट्रोन बीचको आकर्षण बल बढी हुने हुँदा, क्लोरिन भन्दा फलोरिन बढी सक्रिय हुन्छ ।



  1. आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरुका धातुको गुण घट्दै र अधातुको गुण बढ्दै जान्छ ।

आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरुको परमाणुको आकार घट्दै जाने भएकोले इलेक्ट्रोन दिन सक्ने क्षमतामा कमी हुँदै जान्छ भने बाहिरबाट इलेक्ट्रोन आकर्षण गरि लिन सक्ने क्षमतामा वृध्दि हुँदै जान्छ। त्यसकारण आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरुका धातुको गुण घट्दै र अधातुको गुण बढ्दै जान्छ । 


  1. निष्क्रिय ग्याँसलाई ग्रुप शून्यमा राखिएको छ ।

निष्‍क्रिय ग्याँस को डुप्लेट (हिलियम ग्याँस) र अक्टेट (बाहिरी सेलमा आठ इलेक्ट्रोन) पुरा भएको हुँदा रासायनिक प्रतिक्रियामा भाग लिदैनन् । त्यसैले उक्त ग्याँसहरुलाई शुन्य ग्रुपमा राखिएको छ।


  1. चित्रमा पेरियोडिक तालिकाको कुनै एउटा खण्ड देखाइएको छ ? यसमा बायाँबाट दायाँतिर जाँदा क्रमशः परमाणुको आकारमा के फरक पर्छ, कारण लेख्नुहोस् ।


IA

IIA

IIIA

IVA

VA

VIA

VIIA

VIIIA

Li

Be

B

C

N

O

F

Ne


आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको बाहिरी सेलमा भएको इलेक्ट्रोनको संख्‍या बढ्दै जान्छ र भ्यालेन्स इलेक्ट्रोन र न्युक्लियसमा हुने प्रोटोनबिच आकर्षण बल बढ्छ जसले गर्दा तत्व केहि खुम्चन्छ। त्यसैले आधुनिक पेरियोडिक तालिकाको कुनै पनि पिरियडमा बायाँबाट दायाँ जाँदा तत्त्वहरूको आकार घट्छ। 


  1. फरक लेख्नुहोस् :

  1. ग्रुप र पिरियड


ग्रुप

पिरियड

पेरियोडिक तालिकाको ठाडो लहरलाई ग्रुप भनिन्छ।

पेरियोडिक तालिकाको  तेर्सो पंक्तिलाई पिरियड भनिन्छ।

एउटा ग्रुपमा सबै तत्वको संयुज्यता एउटै हुन्छ।

एउटा पिरियडमा तत्वहरुको संयुज्यता फरक फरक हुन्छ।


  1. क्लोरिन र सोडियम


क्लोरिन

सोडियम

यो अधातु हो

यो धातु हो

यो तत्वको बाहिरी सेलमा ७ वटा इलेक्ट्रोनहरु हुन्छन्।

यो तत्वको बाहिरी सेलमा एउटा इलेक्ट्रोन हुन्छ।

यो तत्व पेरियोडिक तालिकामा ग्रुप VIIA मा पर्छ।

यो तत्व पेरियोडिक तालिकामा ग्रुप IA मा पर्छ।

यो हेलेजन तत्व हो।

यो अल्काली धातु हो।


  1. ग्रुप IA र ग्रुप VIIA का तत्त्वहरू 


ग्रुप IA का तत्त्वहरू

VIIA का तत्त्वहरू

यिनिहरु अधातु हुन्।

यिनिहरु अधातु हुन्।

यिनिहरुको बाहिरी सेलमा एउटा इलेक्ट्रोन हुन्छ।

यिनिहरुको बाहिरी सेलमा ७ वटा इलेक्ट्रोनहरु हुन्छन्।

यिनिहरुलाई अल्काली धातु भनिन्छ

यिनिहरुलाई हेलोजन भनिन्छ।


  1. इलेक्ट्रोनेगेटिभिटी र इलेक्ट्रोपोजिटिभिटी


इलेक्ट्रोनेगेटिभिटी

इलेक्ट्रोपोजिटिभिटी

तत्वहरुको भ्यालेन्स सेलमा इलेक्ट्रोन प्राप्‍त गरेर ऋृणात्मक  आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोनेगेटिभिटी भनिन्छ।

तत्वहरुको भ्यालेन्स सेलबाट इलेक्ट्रोन छोडेर धनात्मक आयोन बनाउन सक्ने गुणलाई इलेक्ट्रोपोजेटिभिटी भनिन्छ।

परमाणविक साइज बढ्दा न्युक्लियसबाट भ्यालेन्स सेलको दुरी बढ्दै जाने हुँदा इलेक्ट्रोन प्राप्त गर्ने क्षमता कम हुँदै जाने भएकोले तत्वहरुको इलेक्ट्रोनेगेटिभिटी कम हुन्छ। 

परमाणविक साइज बढ्दा न्युक्लियसबाट भ्यालेन्स सेलको दुरी बढ्दै जाने हुँदा इलेक्ट्रोन छोड्न सक्ने क्षमता बढि हुँदै जाने भएकोले तत्वहरुको इलेक्ट्रोपोजिटिभिटी बढि हुन्छ। 




  1. तलका प्रश्नको उत्तर दिनुहोस् :

  1. आधुनिक पेरियोडिक नियम लेख्‍नुहोस् ।

आधुनिक पेरियोडिक नियमानुसार “ तत्वका भौतिक र रासायनिक गुण तिनिहरुको परमाणविक संख्‍याको पेरियोडिक कार्यस्वरुप हुन्छन्।” 


  1. आधुनिक पेरियोडिक तालिकामा कतिओटा ग्रुप र पिरियड छन् ?

आधुनिक पेरियोडिक तालिकामा १८ ओटा ग्रुप र ७ औटा  पिरियड छन्।


  1. आधुनिक पेरियोडिक तालिकामा सोडियमको स्थान लेख्नुहोस् । यसलाई अल्काली धातु भनिनुको कारण के हो ?

आधुनिक पेरियोडिक तालिकामा सोडियम IA समुह र तेश्रो पिरियडमा पर्छ। सोडियमले पानीसँग रासायनिक प्रतिक्रिया गरी कडा अल्काली बनाउने हुँदा यिनीहरुलाई अल्काली धातु भनिन्छ ।


  1. दिइएका तत्त्वहरूको आधुनिक पेरियोडिक तालिकामा स्थान लेख्नुहोस् : अल्काली धातु, अल्कलाइन अर्थ धातु, निष्क्रिय ग्याँस, सङ्क्रमण धातु, ल्यान्थेनाइडस्, एक्टिनाइडस्


तत्व

स्थान

अल्काली धातु

IA ग्रुप

अल्कलाइन अर्थ धातु

IIA ग्रुप

निष्‍क्रिय ग्याँस

0 (18) ग्रुप

सङ्‍क्रमण धातु

IIIB देखि IIB ग्रुप सम्म

ल्यान्थेनाइड्स

पेरियोडिक तालिकाको तल छुट्‍टै f ब्लकमा (परमाणविक संख्‍या 58 देखि 71 सम्म)

एक्टिनाइड्स

पेरियोडिक तालिकाको तल छुट्‍टै f ब्लकमा (परमाणविक संख्‍या 90 देखि 103 सम्म)


  1. सल्फरको इलेक्ट्रोनिक विन्यास लेखी आधुनिक पेरियोडिक तालिकामा यसको स्थान लेख्‍नुहोस् ।

सल्फरको इलेक्ट्रोनिक विन्यास 1S^2, 2S^2, 2P^6, 3S^2, 3P^4 हुन्छ। आधुनिक पेरियोडिक तालिकामा तेश्रो पिरियड र VI A ग्रुप मा पर्छ।


  1. आधुनिक पेरियोडिक तालिकामा मुख्यतयाः केका आधारमा ग्रुप र पेरियोड छुट्‍याइएको हुन्छ ?

आधुनिक पेरियोडिक तालिकामा मुख्यतया भ्यालेन्स इलेक्ट्रोनको संख्‍याको आधारमा ग्रुप र भ्यालेन्स सेलको संख्‍याको आधारमा पिरियड छुट्‍याइएको हुन्छ।


  1. फ्लोरिन, क्लोरिन र ब्रोमिन पेरियोडिक तालिकाको कुन समूहमा पर्छन् ? यीमध्ये कुन तत्त्व सबैभन्दा सक्रिय हुन्छ, किन ?

फ्लोरिन, क्लोरिन र ब्रोमिन पेरियोडिक तालिकाको VIIA समूहमा पर्छन् ।..यीमध्ये फ्लोरिन तत्त्व सबैभन्दा सक्रिय हुन्छ किनभने यो अधातुको समूह हो अधातुहरु जति तलबाट माथि गयो त्यति बढी सक्रिय हुन्छन् यिनीहरुको आकार तलबाट माथि जाँदा सानो हुन्छ, न्यूक्लियस र बाहिरी सेलमा रहेका इलेक्ट्रोन बीचको आकर्षण बल बढी हुने हुँदा फ्लोरिन बढी सक्रिय हुन्छ ।


  1. तपाईंलाई आधुनिक पेरियोडिक तालिकामा केही सुधार गर्ने मौका दिइयो भने के कुरा सुधार गर्नुहुन्छ ? कारणसहित स्पष्ट पार्नुहोस् । 

 मलाई आधुनिक पेरियोडिक तालिकामा सुधार गर्ने मौका दिइयो भने म निम्‍न सुधार गर्नेछु।

क. हिलियम S ब्लकमा पर्ने तत्व हो तर आधुनिक पेरियोडिक तालिकामा P ब्लकमा राखिएको छ।यसलाई सुधार गर्नुपर्ने देखिन्छ।

ख. ल्यान्थानाइड्स र एक्टिनाइड्स लाई पेरियोडिक तालिकाको तल छुट्‍टै स्थानमा राखिएको छ त्यसलाई मुख्‍य तालिकामा नै मिलाएर राख्‍नुपर्ने देखिन्छ।



Thank You!!!




Post a Comment

Popular Items