पाठ १२ ब्रह्माण्ड
तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस्।
ब्रह्माण्डमा रहेका आकाशीय पिण्ड कुन बलका कारणले आफ्नो स्थान रहेका होलान् ?
न्युक्लियर आकर्षण बल
गुरुत्वाकर्षण बल
चुम्बकीय बल
विद्युत् चुम्बकीय बल
ब्रह्माण्डको उत्पत्तिबारे सबैभन्दा तथ्यपरक सिद्धान्त कुनलाई मानिन्छ ?
(अ) हेलियोसेन्ट्रिक सिद्धान्त
(आ) जियोसेन्ट्रिक सिद्धान्त
(इ) बिग ब्याङ्ग सिद्धान्त
(ई) न्युटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्त
बिग ब्याङ सिद्धान्तअनुसार ब्रह्माण्डको उत्पत्ति कसरी भएको थियो ?
(अ) एउटा परमाणुको विस्फोटनबाट
(आ) आकाशीय पिण्डहरू एकआपसमा ठोक्किएर
(इ) ताराको विस्फोटनबाट
(ई) नेबुलाहरूको समायोजनबाट
हब्बलको सिद्धान्तअनुसार तलका मध्ये कुन तथ्य सही छ ?
(अ) तारापुञ्जहरू जति टाढा जान्छन् तिनीहरूको गति त्यति नै बढ्दैछ ।
(आ) तारापुञ्ज जति टाढा जान्छन तिनीहरूको गति त्यति नै घट्दैछ।
(इ) तारापुञ्जको गति र दुरीमा कुनै सम्बन्ध छैन ।
(ई) तारापुञ्जहरूको आकर्षण बलले तिनीहरूको गतिमा कुनै प्रभाव
कुन अवस्थामा खुला ब्रह्माण्डको परिकल्पना गर्न सकिन्छ ?
(अ) औसत घनत्व चरम घनत्वभन्दा बढी भएको अवस्थामा
(आ) औसत घनत्व चरम घनत्वभन्दा कम भएको अवस्थामा
(इ) औसत घनत्व र चरम घनत्व बराबर भएको अवस्थामा
(ई) औसत घनत्व र चरम घनत्व तुलना गर्न नसकिने अवस्थामा
हब्बलको सिद्धान्त v = Hd मा H को अर्थ के हो ?
उचाइ
समानुपातिक स्थिराङ्क
गुरुत्वाकर्षण स्थिराङ्क
दुरी
फरक छुट्याउनुहोस् :
बन्द ब्रह्माण्ड र खुला ब्रह्माण्ड
समतल ब्रह्माण्ड र बन्द ब्रह्माण्ड
कारण दिनुहोस् :
आकाशीय पिण्डबिचको दुरी जति बढ्दै जान्छ त्यति तिनीहरूको वेग बढ्दै जान्छ । (पुस्तकमा प्रश्न गलत भएकोले सच्याइएको छ।)
उत्तरः आकाशिय पिण्डबिचको दुरी बढ्दै जाँदा तिनीहरुबिच हुने गुरुत्वाकर्षण बल घट्ने भएकोले तिनीहरुको टाढा फैलने क्रमको गति बढ्दै जान्छ ।
आकाशीय पिण्डहरू ब्रह्माण्डमा आफ्नो यथास्थानमा रहिरहन्छन् ।
उत्तरः सम्पूर्ण आकाशिय पिण्डहरु एकले अर्कालाइ गुरुत्वाकर्षण बलको कारणले विपरीत देिशामा आफुतिर आकर्षण गर्ने भएको हुँदा सम्पूर्ण पिण्डहरु आफ्नो यथास्थानमा रहिरहन्छन्।
तलका प्रश्नको उत्तर लेख्नुहोस्
ब्रह्माण्ड भनेको के हो ?
उत्तरः असिमिति पदार्थ, पिण्ड, शक्ति र समय रहेको अति विशाल स्थानलाई ब्रह्माण्ड भनिन्छ ।
बिग ब्याङको सिद्धान्त लेख्नुहोस् ।
उत्तरः अस्तित्वको पहिलो चरणमा ब्रह्माण्ड एकदमै सङ्कुचित, सानो र उर्जावान एकल परमाणुको रुपमा रहेको मानिन्छ। उक्त परमाणुमा अत्याधिक चाप र शक्तिको कारण माहाबिष्फोटन भयो र ब्रह्माण्डको उत्पति भएको मानिन्छ। यसैलाइ बिग ब्याङको सिद्धान्त भनिन्छ ।
हब्बलको अध्ययनको निष्कर्ष लेख्नुहोस् ।
उत्तरः ब्रह्माण्डमा रहेका तारापुञ्जहरु जति जति टाढा जान्छन्, तिनीहरु फैलेन गति त्यति नै बढ्दै जान्छ। यहि नै हब्बलको अध्ययनको निष्कर्ष रहेको छ ।
बिग ब्याङको सिद्धान्तअनुसार ब्रह्माण्ड लगातार फैलिरहेको छ । ब्रह्माण्डको फैलावटको कुनै सीमा नै छैन होला त ? आफ्नो तर्क प्रस्तुत गर्दै कारणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः ब्रह्माण्डको औसत घनत्व चरम घनत्वभन्दा कम रहेको छ, त्यसैले ब्रह्माण्ड निरन्तर रुपमा फैलिरहेको छ र यसको फैलावटको कुनै सिमा छैन।
ब्रह्माण्डमा आकाशीय पिण्डको अवस्थितिमा गुरुत्वाकर्षण बलको महत्त्व लेख्नुहोस् ।
उत्तरः आकाशिय सबै पिण्डहरुले एक अर्कालाइ गुरुत्वाकर्षण बलले विपरित दिशामा आफुतिर आकर्षण गरिरहने हुँदा, ति पिण्डहरु यथास्थितिमा रहिरहन्छन्।
पृथ्वी सूर्यको वरिपरि घुम्छ, चन्द्रमा पृथ्वीको वरिपरि घुम्छ । तिनीहरूको आफ्नै गुरुत्वबल हुन्छ साथै तिनीहरूबिच गुरुत्वाकर्षण बल पनि हुन्छ तर तिनीहरू कहिल्यै एकआपसमा ठोक्किदैनन् । कारणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः पृथ्वी, चन्द्रमा र सूर्यबिच पारस्परिक आकर्षण बल हुन्छ, जहाँ हरेक पिण्डले एक अर्कालाइ विपरीत दिशामा आकर्षण गरिरहेका हुन्छन्। यहि पारस्परिक गुरुत्वाकर्षणको बलले गर्दा हरेक पिण्डहरु (सूर्य, चन्द्रमा र पृथ्वी) आफ्नै अक्षमा परिक्रमण र आफ्नै कक्षमा परिभ्रमण गरिरहन्छन् तर एक आपसमा कहिल्यै ठोक्किदैनन्।
ब्रह्माण्डको भविश्यको अवधारणामा आधारित भएर समतल ब्रह्माण्डको अवधारणा स्पष्ट पार्नुहोस् ।
उत्तरः गुरुत्व प्रभाव र पिण्डको गति एकै समयमा शुन्य भएको अवस्थामा ब्रह्माण्डका पिण्डहरु सोहि स्थानमा स्थिर रहन्छन्। यस अवस्थालाइ समतल ब्रह्माण्ड भनिन्छ। यदि ब्रह्माण्डको औषत घनत्व चरम घनत्चसँग बराबर रहेछ भने, लगातार फैलिरहेको ब्रह्माण्डको फैलने क्रम क्रमश घट्दै जान्छ र अन्तमा रोकिन्छ तर त्यसबेला सम्म आकाशिय पिण्डहरुबिचको दुरी असिमिति भइसकेको हुन्छ र गुरुत्वाकर्षण प्रभाव रहने छैन। यस्तो किसिमवाट ब्रह्माण्डको अन्त्य हुने हो भने, ब्रह्माण्डको अहिलेको आकार समतल रहेको छ भन्ने बुझिन्छ।
ब्रह्माण्डको भविष्यको अवधारणाका अध्ययनको आधारमा ब्रह्माण्ड कस्तो होला, खुला, समतल वा बन्द ? तर्कसहित आफ्नो अवधारणा प्रस्तुत गर्नुहोस्।
उत्तरः ब्रह्माण्डको भविष्य पिण्डहरुविचको गुरुत्व प्रभाव तथा फैलने गति र तिनीहरुको प्रभावको क्रममा भर पर्छ। यदि गुरुत्वप्रभाव शुन्य हुँदा पनि पिण्डको गति बाँकी रह्यो भने ति पिण्डहरु सधैभरि एकअर्काबाट टाढा गइरहन्छन र ब्रह्माण्डको आकार निरन्तर बढिरहन्छ, यस अवस्थालाई खुला ब्रह्माण्ड भनिन्छ।
यदि गुरुत्वप्रभाव र गति एकै समयमा शुन्य भएको अवस्थामा, पिण्डहरु जुन स्थानमा छन, सोहि स्थानमा स्थिर भइ रहन्छ, यस अवस्थालाइ समतल ब्रहमाण्ड भनिन्छ।
यदि पिण्डको गति शुन्य हुँदा पनि गुरुत्वप्रभाव बाँकी रह्यो भने पिण्डहरु एक अर्कामा नजिक आउन थाल्छन् र ब्रह्माण्डको साइज निरन्तर खुम्चिन थाल्छ र एउटै बिन्दुमा रुपान्तरित हुनेछ, यस अवस्थालाइ बन्द ब्रह्माण्ड भनिन्छ।