पाठ ५ शारीरिक संरचना र जीवन प्रक्रिया
तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :
रक्तसञ्चार प्रणालीका मुख्य भागको समूह निम्न मध्ये कुन हो ?
(अ) मुटु, रगत र फोक्सो
(इ) मुटु, कलेजो र फोक्सो
(आ) मुटु, रगत र रक्तनली
(ई) मुटु, रक्तनली र कलेजो
न्युक्लियस नहुने रक्त कोष कुन हो ?
(अ) न्युट्रोफिल
(इ) मोनोसाइट
(आ) लिम्फोसाइट
(ई) प्लेटलेट्स
रगतमा हेमोग्लोबिनको कमी भएमा कुन रोग लाग्छ ?
(अ) मधुमेह
(आ) हेमोफिलिया
(इ) रक्त अल्पता
(ई) ल्युकेमिया
मानव मुटुमा कतिओटा भल्भ हुन्छन् ?
(अ) 2
(आ) 3
(इ) 4
(ई) 5
मुटुको बायाँ भेन्ट्रिकल खुम्चँदा धमनीमा सिस्टोलिक रक्त चाप महसुस हुनुको कारण के हो ?
(अ) मुटुमा अत्यधिक चाप उत्पन्न हुनु
(आ) मुटुको बायाँ भेन्ट्रिकलले रगतमा उत्पन्न गरेको चाप धमनीमा प्रशारण हुनु
(इ) मुटुको बायाँ भेन्ट्रिकल खुम्चंदा धमनी पनि खुम्चनु
(ई) मुटुको बायाँ भेन्ट्रिकल खुम्चँदा रगत बाक्लो हुनु
रोहितले रक्त समूह पहिचानका लागि रगतको परीक्षण गराएको नतिजा तलको तालिकामा देखाइएको छ ।
उक्त रक्त समूह कुन हो ?
(अ) A पोजेटिभ
आ 0 पोजेटिभ
(इ) AB पोजेटिभ
(ई) B पोजेटिभ
एक जना व्यक्तिलाई धेरै तिर्खा र भोग लाग्ने, रिँगटा लाग्ने र वेला वेलामा बेहोस हुने, छिनछिनमा पिसाब लाग्ने, आँखा धमिलो हुँदै जाने भएको छ । उनी कुन समस्याबाट ग्रसित छन् ?
(अ) उच्च रक्तचाप
(इ) युरिक एसिडको समस्या
(आ) रगतमा उच्च ग्लुकोजको अवस्था
(ई) एनिमियाको अवस्था
मुटुको दुखाइको अवस्थामा कोरोनरी धमनीमा कुनै ब्लकेज भए नभएको पहिचान गर्न उपयुक्त जाँच कुन हो ?
(अ) मुटुको रक्तचाप परीक्षण
(आ) एन्जियोग्राम
(इ) इसिजी
(ई) मुटुको धड्कनको जाँच
साम्भवी विद्यालयमा खेल्दा खेल्दै ढुङ्गामा ठोक्किँदा उनीलाई खुट्टामा चोट लाग्यो । विभिन्न प्रयत्न गर्दा पनि उनको रगत बग्न रोकिएन । यसको कारण के होला ?
(अ) रगतमा हेमोग्लोबिनको कमी
(आ) रगतमा सेता रक्तकोषको कमी
(इ) रगतमा प्लेट्लेट्सको कमी
(ई) रगतमा राता रक्तकोषको कमी
रस्मिलाको हजुरबुबालाई रातो मासु, गेडागुडी तथा तारेका खानेकुरा खाँदा शरीर दुख्ने, जोर्नीहरू सुन्निने समस्या देखिएको छ । उनलाई के समस्या भएको होला ?
(अ) उच्च रक्तचाप
(आ) रगतमा उच्च ग्लुकोजको अवस्था
(इ) युरिक एसिडको समस्या
(ई) एनिमियाको अवस्था
भिन्नता लेख्नुहोस् :
राता रक्तकोष र सेता रक्तकोष
अरिकल र भेन्ट्रिकल
धमनी र शिरा
पल्मोनरी रक्त सञ्चार र सिस्टमिक रक्त सञ्चार
सिस्टोलिक रक्त सञ्चार र डाइस्टोलिक रक्त सञ्चार
एनिमिया र हिमोफिलिया
एन्जियोग्राम र ओपन हर्ट सर्जरी
प्लटलेट्स र सेता रक्तकोष
कारण दिनुहोस् :
रगत रातो हुन्छ ।
रगतमा भएका राता रक्तकोषमा हेमोग्लोबिन नामक रङ्गकण हुन्छ, जसले गर्दा रगत रातो हुन्छ ।
WBC लाई शरीरका सेना भनिन्छ ।
सेता रक्तकोषले (WBC) शरीरमा बाहिरबाट प्रवेश गरेका रोगका कीटाणुसँग लड्छन् र ती कीटाणुलाई मार्छन् । त्यसैले WBC लाई शरीरका सेना भनिन्छ ।
अरिकलको भन्दा भेन्ट्रिकलहरूको भित्ता बाक्लो मांसपेशीबाट बनेको हुन्छ।
उत्तरः अरिकलमाबाट रगत भेन्ट्रिकलहरुमा मात्र जान्छ, तर भेन्ट्रिकलले रगतलाइ फोक्सोसम्म तथा शरीरका बिभिन्न टाढाका भागहरुमा पठाउनुपर्ने हुन्छ, र बल वढी आवश्यक पर्छ, त्यसैले आवश्यक चाप उत्पन्न गर्न अरिकलको भन्दा भेन्ट्रिकलको भित्ता बाक्लो हुन्छ ।
दायाँ भेन्ट्रिकलको भन्दाबायाँ भेन्ट्रिकलको भित्ता बाक्लो हुन्छ ।
उत्तरः दाँया भेन्ट्रिकलले रगतलाइ फोक्सोसम्म मात्र पठाउनुपर्ने हुन्छ तर बाँया भेन्ट्रिकललले रगतलाई शरीरका बिभिन्न टाढाका भागहरुमा पठाउनुपर्ने हुन्छ, र त्यसको लागि वढी बल आवश्यक पर्छ, त्यसैले आवश्यक चाप उत्पन्न गर्न दाँया भेन्ट्रिकलको भन्दा बाँया भेन्ट्रिकलको भित्ता बाक्लो हुन्छ ।
धमनीमा भल्भ हुँदैन तर शिरामा भल्भ हुन्छ ।
उत्तरः धमनीले शुद्ध रगतलाई शरीरका भागहरुमा दिशामा पठाउँदा उच्च रक्तचापमा बहन्छ जसले गर्दा रगत उल्टो दिशामा बग्न वा फर्कन सक्दैन र भल्भ आवश्यक पर्दैन तर शिराहरुले अशुद्ध रगतलाई शरीरका भागहरुबाट पठाउँदा शिरामा न्युनचापमा रगत प्रवाह हुने भएकोले, रगत उल्टो दिशामा बग्ने सम्भावना हुन्छ, त्यसैले रगतलाई एकतर्फको दिशामा मात्र प्रबाह र उल्टो बग्न नदिनको लागि शिरामा भल्भ हुन्छ।
रक्त अल्पता भएको मानिस केही छिन हिड्दा नै थाक्छ ।
उत्तरः रगतमा राता रक्तकोषको कमी हुँदा अक्सिजनको मात्रा कमी हुन्छ र शरीरमा आवश्यक पर्ने शक्ति उत्पन्न हुदैन र केहि छिन हिड्दा नै थाक्छ ।
धमनीहरू मांसपेशीभित्र दबिएर रहेका हुन्छन् भने शिराहरू शरीरको बाहिरी सतहमै हुन्छन् ।
उत्तरः शिराहरुमा रगतको चाप न्युनतम हुन्छ तर धमनीहरुमा रगतको चाप धेरै हुन्छन र उक्त चापको असरबाट धमनीमा असर नपरोस् भन्नको लागि धमनीहरु मांशपेशीभित्र दबिएर रहेका हुन्छन् ।
रक्तदान गर्नुपूर्व रक्त समूह पहिचान गर्नु आवश्यक हुन्छ ।
उत्तरः रगतको समूह फरक फरक हुने र तिनीहरुमा हुने एन्टिजेन पनि फरक फरक हुने भएकोले, त्यसबाट फरक समूहको रगत मिसिएमा नकारात्मक असर उत्पन्न हुन्छ । यसो नहुनका लागि रगतको समूह परीक्षण गरी एकै प्रकारका समूहमा मिलाएर राख्न सकिन्छ ।
हिमोफिलियाका बिरामीको रगत निकै ढिलो जम्छ वा जम्दैन पनि ।
उत्तरः हिमोफलिया हुँदा, रगतमा प्लेटलेट्सको मात्रा निकै कम हुने भएकोले बिरामीको रगत ढिलो जम्छ वा जम्दैन पनि ।
तलका प्रश्नको उत्तर लेख्नुहोस् :
मानव रक्त सञ्चार प्रणालीका मुख्य भागको वर्णन गर्नुहोस् ।
उत्तरः रगतको माध्यमद्वारा शरीरका विभिन्न भागलाई आवश्यक पर्ने पौष्टिक तत्त्व, अक्सिजन, ग्लुकोज, हर्मोनहरू पुर्याउने र अनावश्यक पदार्थहरू, कार्वनडाइअक्साइड, यूरिया, यूरिक एसिड जस्ता पदार्थ निस्कासन गर्ने अङ्गसम्म पुर्याउने प्रणालीलाई रक्तसञ्चार प्रणाली भनिन्छ ।
मानव रक्त सञ्चार प्रणालीका मुख्य भागहरू यसप्रकार छन् ।
क) मुटु ख) रक्तनली ग) रगत
क) मुटुः मुटु कार्डियाक मांसपेशीद्वारा बनेको एउटा अंग हो जुन छातीभित्र दुई फोक्सोको बीचमा रही रगतलाई चाप दिने कार्य गर्दछ । यसलाई पेरिकार्डियम झिल्लीले घेरेको हुन्छ । मुटुमा चारवटा कोठाहरू हुन्छन् ।
ख) रक्तनलीः रगत बग्ने नलीलाई रक्तनली भनिन्छ । यिनीहरू मुख्यतया दुई प्रकारका हुन्छन् । मुटुमा शरीरका विभिन्न अंगहरू तथा तन्तुमा शुद्ध रगत पुर्याउने नलीलाई धमनी भनिन्छ । त्यसैगरी शरीरका विभिन्न भागबाट रगत मुटुमा ल्याउने नलीलाई शिरा भनिन्छ ।
ग) रगतः रगत रातो तरल संयोजी तन्तु हो । रगत मुख्यतया प्लाज्मा र रक्तकोषहरूबाट बनेको हुन्छ । रगतले परिवहन, नियन्त्रण र सुरक्षाको कार्य गर्दछ ।
रगतको मुख्य कार्य लेख्नुहोस् ।
उत्तरः
(क) परिवहनः रगतले शरीरमा अक्सिजन र कार्बनडाईअक्साइडको परिवहन गर्छ । साथै शरीरमा आवश्यक र अनावश्यक पदार्थको समेत परिवहन गर्छ।
(ख) सुरक्षाः रगतले शरीरमा रोगका किटाणुविरुद्द लड्छन, हटाउँछन, घाउ चोट निको पार्छन् ।
(ग) नियन्त्रणः रगतले शरीरमा पानीको मात्रा र शरीरको तापक्रम नियन्त्रण गर्छन् ।
शरीरको कुनै भागमा चोट लाग्दा केही छिन रगत बगेपछि रोकिन्छ, कसरी ?
उत्तरः चोट लाग्दा रगतमा भएको प्लेटलेटस् र प्लाज्मामा भएको फाइब्रोनोजिन प्रोटिन मिलेर घाउ चोट लागेको स्थानमा जालोको स्वरुपको संरचना बनाइ रगत जमाउछन् र बग्न दिदैनन् । यसरी घाउ भएको केहि समयपछि रगत बग्न रोकिन्छ।
रमिला छोटो दुरी हिँड्दा पनि निकै थाक्छिन् र स्वाँ स्वाँ हुन्छ ? उनलाई यस्तो किन भएको हो कारणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः रमिलाको रगतमा राता रक्तकोषको संख्यामा कमी भएको छ। यसले गर्दा शरीरमा आवश्यक मात्राको अक्सिजन नपुगेको हुनाले शरीरको कोषहरुमा आवश्यक शक्ति उत्पन्न हुन सकेन र उनी छोटो दुरी हिड्दा पनि थाक्छिन। साथै उनको शरीरले आवश्यक अक्सिजनको आपूर्ति गर्नको लागि स्वाँ स्वाँ पनि हुन्छ ।
एउटा मानिसको रक्तचाप 130/90mmHg छ। यसको अर्थ स्पष्ट पार्नुहोस्।
उत्तरः यसो भन्नुको अर्थ उक्त मानिसको मुटुको सिस्टोलिक (भेन्ट्रिकल खुम्चिँदा उत्पन्न हुने) रक्तचाप 130 mmHg र डायस्टोलिक (भेन्ट्रिकल फुक्दा उत्पन्न हुने) रक्तचाप 90 mmHg छ भन्नु हो ।
रक्त चाप नाप्न कुन उपकरणको प्रयोग गरिन्छ ?
उत्तरः रक्तचाप नाप्न स्फिग्मोम्यानोमिटरको प्रयोग गरिन्छ ।
डाक्टरले कुनै बिरामीलाई रगत दिनु अगाडि रक्त समूह पहिचान गर्न लगाउँछन् किन ?
उत्तरः रगतको समूह फरक फरक हुने र तिनीहरुमा हुने एन्टिजेन पनि फरक फरक हुने भएकोले, त्यसबाट फरक समूहको रगत मिसिएमा नकारात्मक असर उत्पन्न हुन्छ र बिरामीलाई घातक हुने भएकोले यस्तो असर नहुनका लागि रगतको समूह परीक्षण गरी एकै प्रकारका समूहको रगत मिलाएर दिनको लागि रगत दिनु अगाडि रक्त समूह परीक्षण गरिन्छ ।
सरिताको हजुरआमालाई छिन छिनमा पिसाब लाग्ने, छिट्टै थकान महसुस हुने हात खुट्टा बाउँडिने र झमझमाउने, धेरै तिर्खा लाग्ने जस्ता लक्षण देखिएका छन् । उहाँलाई के समस्या भएको छ ? उक्त समस्याबाट बच्ने उपाय लेख्नुहोस् ।
उत्तरः सरिताको हजुरआमालाई रगतमा ग्लुकोजको मात्रा वढि अर्थात मधुमेह भएको छ । उक्त समस्याबाट बच्ने उपायहरु निम्न छन् ।
१. शारीरिक व्यायाम गर्ने
२. सन्तुलित भोजने गर्ने
३. प्रशस्त मात्रामा पानी पिउने
४. समय समयमा रगतमा सुगर परीक्षण गर्ने
५. धुम्रपान, मद्यपान नगर्ने
उच्च रक्त चापका असर र बच्ने उपाय लेख्नुहोस् ।
उत्तरः रक्तचापको असरबाट निम्न असरहरु पर्छन
१. ह्रृदयघात हुने
२. मस्तिष्कघात हुने
३. मृगौला फेल हुने
४. आँखाको दृष्टिमा समस्या हुने
यस्ता असरबाट बच्नको लागि निम्न कार्यहरु गर्नु पर्दछ।
१. रक्तचाप समय समयमा परीक्षण गर्ने र नियन्त्रण गर्ने
२. शरीरको तौल नियन्त्रणमा राख्ने
३.रगतको नियमित परीक्षण गरी कोलेस्ट्रोलको मात्रा नियन्न्रण गर्ने।
४. धुम्रपान, मद्यपान नगर्ने।
५. नियमित व्यायाम गर्ने।
6. चिल्लो र नुनको मात्राको कम भएको खाना खाने
मानव शरीरमा रहेका श्वासप्रश्वास प्रणाली, पाचन प्रणाली र रक्तसञ्चार प्रणाली एक अर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई कारणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः मानव शरीरमा पाचन प्रणालीबाट हामीले खाएको खानाबाट प्राप्त हुने पोषण तत्व आन्द्राबाट सोसिएर रगतमा पुग्छ ।
त्यसैगरी हामील श्वासप्रश्वासबाट लिएको अक्सिजन पनि फोक्सोबाट रगतमा पुग्छ ।
रगतले यसरी प्राप्त पोषक तत्व र अक्सिजनलाई शरीरका प्रत्यके कोषमा पुर्याँउछ र कोषमा रासायनिक प्रतिक्रिया भइ शक्ति उत्पन्न हुन्छ ।
त्यसैले रक्तसंचार प्रकृयामा पाचन प्रणाली र श्वासप्रश्वास प्रणालीको पनि महत्पूर्ण भूमिका हुन्छ र यिनिहरु एक अर्कामा अन्तरसम्बन्धित छन् ।
रक्तचाप बढेको वा घटेको कसरी थाहा पाइन्छ ?
उत्तरः शरीरमा हुने विभिन्न लक्षणहरुद्वारा रक्तचाप वढेको थाहा पाउन सकिन्छ ।
१. मुटुको धड्कन वढ्नु
२. आँखा देख्ने क्षमता घट्नु
३. टाउको अत्याधिक दुख्नु
४. हिड्दा हुत्याउने वा केहिले धकेलेको जस्तो महसुस हुनु
शरीरमा हुने विभिन्न लक्षणहरुद्वारा रक्तचाप घटेको थाहा पाउन सकिन्छ ।
१. रिँगटा लाग्नु
२. सास फेर्न गाह्रो महसुस हुनु
३. चिटचिट पसिना आउनु
४. वाकवाकी लाग्नु, वान्ता हुनु।
दिइएका चित्रले शरीरमा हुने कुन प्रक्रिया देखाउछ ? यस प्रक्रियामा कुन कुन प्रणालीको भूमिका हुन्छ, व्याख्या गर्नुहोस् । यदि चित्र न 3 को प्रणाली नहने हो भने चित्र न. 1 मा देखाइएको मुखबाट खाएको औषधी घुँडासम्म कसरी पुग्न सक्छ ? कारणसहित स्पष्ट पार्नुहोस् । तलको तालिकाका आधारमा प्रश्नको उत्तर लेख्नुहोस् :
उत्तरः
चित्र १ः औषधी तथा खाना खाने प्रक्रिया
चित्र २ः पाचन प्रक्रिया
चित्र ३ः रक्तसंचार प्रक्रिया
चित्र ४ः खाना तथा औषधी सम्बन्धित स्थानसम्म पुग्ने परिवहन प्रक्रिया
दिइएको चित्रले मानव शरीरमा हुने पाचन तथा रक्तसंचार प्रकृयाको परिवहन कृयाको संयुक्त रुप देखाउँछ । यस प्रकृयामा पाचन प्रणाली र रक्तसंचार प्रणालीको भूमिका हुन्छ । चित्र नं ३ को प्रणाली नहुने हो भने, चित्र नं १ मा खाएको औषधी चित्र नं ४ को स्थान घुँडासम्म पुग्न सक्दैन किनकी शरीरमा सम्पूर्ण पदार्थ (खाना, हर्मोन, औषधी लगायत अन्य वस्तु) को परिवहन गर्ने कार्य रगत र रक्तसंचार प्रणालीले गरेको हुन्छ ।
13. तलको तालिकाको आधारमा प्रश्नको उत्तर लेख्नुहोस् ।
कुन रक्तकोषको कमीले गर्दा मानिसमा एनिमिया हुन्छ?
उत्तरः राता रक्तकोषको कमीले गर्दा मानिसमा एनिमिया हुन्छ । दिइएको तालिका अनुसार X रक्तकोषको कमीले गर्दा एनिमिया हुन्छ ।
Y रक्तकोषको सङ्ख्या अत्यधिक वृद्धि हुँदा मानव शरीरमा कस्तो समस्या हुन्छ ?
उत्तरः उक्त मानिसको शरीरमा सेता रक्तकोष दिइएको तालिकाको अनुसार Y रक्तकोषको सङ्ख्या अत्याधिक बढ्दा मानिसलाई रक्त क्यान्सर वा ल्युकेमिया हुन्छ ।
यदि कुनै व्यक्तिको काटेको भागमा रगत एकदमै ढिलो जम्छ वा जम्दै जम्दैन भने उक्त व्यक्तिमा कुन रक्तकोषको कमी छ होला ? उक्त अवस्थालाई के भनिन्छ ?
उत्तरः उक्त मानिसको रगतमा प्लेटलेट्सको Z रक्तकोषको मात्रा कमी छ, यस अवस्थालाई थ्रोम्बोसाइटोपेनिया भनिन्छ ।
सरिता बाटामा हिँडिरहेका वेला एक जना वृद्ध मानिस छाती दुख्यो भनेर छटपटाइरहेको देखेर उनले उक्त व्यक्तिलाई तुरुन्त अस्पताल पुऱ्याइन । प्रारम्भिक जाँचमा उनको मुटुमा समस्या आएको हुनसक्ने अनुमान गरियो । उनको मुटुको अवस्था पहिचान गर्न कुन जाँच गर्नु उपयुक्त होला ? कारणसहित व्याख्या गर्नुहोस् ।
उत्तरः मुटुको अल्ट्रासाउण्ड, ई.सि.जि तथा एन्जियोग्राफी परीक्षणबाट उक्त मानिसको मुटुको परीक्षण गरी समस्या पहिचान गर्न सकिन्छ किनकी यस्ता परीक्षणहरुले मुटुको चाल, धड्कन, आन्तरिक बनावट र रक्तनलीमा भएका समस्याहरु पहिचान गर्न सहयोग गर्छन् ।
मानव शरीरमा हुने रक्त सञ्चारको चित्रसहित व्याख्या गर्नुहोस् ।
उत्तरः शरीरबाट अशुद्ध रगत मुल शिराहरु (सुपेरियर र इन्फेरियर भेनेकाभा) हुँदै मुटुको दाँया अरिकलमा आइपुग्छ। र दाँया अरिकल र बाँया अरिकलबिच रहेको ट्राइकस्पिड भल्भ खुल्दा रगत मुटुको दाँया भेन्ट्रिकलमा पुग्छ । फेरि भेन्ट्रिलकल खुम्चँदा पल्मोनरी भल्भ खुली पल्मोनरी धमनी हुँदै अशुद्ध रगत फोक्सोमा पुगेर कार्वनडाइअक्साइड छोडेर अक्सिजन लिएर शुद्ध हुन्छ। उक्त शुद्ध रगत पल्मोनरी शिराहरु हुँदै मुटुको बाँया अरिकलमा आइपुग्छ। बाँया अरिकल र बाँया भेन्ट्रिकलबिच रहेको बाइकस्पिड भल्भ खुल्दा, रगत बाँया भेन्ट्रिकलमा आँउछ। फेरि बाँया भेन्ट्रिकल खुम्चँदा एओर्टिक भल्भ खुली एओर्टा (महाधमनी) मार्फत शु्द्ध रगत शरीरका सम्पुर्ण भागमा पुग्छ र प्रत्येको कोषमा खानेकुरा (ग्लुकोज) सँग प्रतिकृया गरी शक्ति उत्पादन गर्दा पुनः कार्बनडाइअक्साइड उत्पन्न हुन्छ र अशुद्ध हुन्छ। पुन शरीरका शिराहरुले अशुद्ध रगतलाई संकलन गरी अन्तमा मूल शिराहरु (सुपेरियर र इन्फेरियर भेनेकाभा) मार्फत मुटुको दाँया अरिकलमा पुर्याँउछन् । यही प्रक्रिया निरन्तर चलिरहँदा शरीरमा रक्तसंचार प्रकृया चलिरहन्छ ।
यस प्रक्रियालाई दुईवटा रक्तसञ्चारको रुपमा पनि व्याख्या गर्न सकिन्छ।
सिस्टेमिक रक्तसञ्चारः मुटु र शरीरविचको रक्तसंचारलाइ सिस्टेमिक रक्तसंचार भनिन्छ । मुटुको बाँया भेन्ट्रिकलबाट शुद्द रगत एओर्टा हुँदै शरीरका सम्पूर्ण भागमा पुग्छन, र शरीरमा उत्पन्न हुने अशुद्ध रगतलाइ संकलन गर्दै पुन मुलशिराहरुको माध्यमबाट मुटुको दाँया अरिकलमा पुर्याँउछन् । यसलाइ सिस्टेमिक रक्तसञ्चार भनिन्छ।
पल्मोनरी रक्तसञ्चारः मुटु र फोक्सोविचको रक्तसंचारलाइ पल्मोनरी रक्तसंचार भनिन्छ। मुटुको दाँया भेन्ट्रिकलबाट अशुद्द रगत पल्मोनरी धमनी हुँदै फोक्सोमा पुग्छ, र अक्सिजन लिइ शुद्ध भइ पुन पल्मोनरी शिराहरुको माध्यमबाट मुटुको वाँया अरिकलमा पुर्याँउछन् । यसलाइ पल्मोनरी रक्तसंचार भनिन्छ।
युरिक एसिडबाट बच्ने उपाय लेख्नुहोस् ।
उत्तरः यूरिक एसिडबाट बच्ने उपायहरू यसप्रकार छन् ।
प्रशस्त मात्रामा पानी पिउने
वेकिङ सोडा सेवन गर्ने
चेरीहरू सेवन गर्ने
बोसोयुक्त मासु नखाने
समुन्द्री खाना नखाने
गेडागुडी नखाने आदि ।
मुटुको आन्तरिक बनोटको चित्रसहित व्याख्या गर्नुहोस् ।
उत्तरः मुटुको आन्तरिक बनावटको चित्रः
मानव मुटुको आन्तरिक बनावटः
मानव मुटु मानिसको छातीको बाँया भागमा दुई फोक्सोहरुको विचमा रहेको हुन्छ। यसलाई पेरिकार्डियम नामको पातलो झिल्लीले ढाकेको हुन्छ । यसमा पेरिकार्डियल फ्लयुुड रहेको हुन्छ जसले मुटुलाई बाहिरी आघातबाट बचाँउछ ।
मानव मुटुमा दाँया र बाँया गरी दुई भागहरु हुन्छन् जसलाई सेप्टमले छुट्याएको हुन्छ । मुटुमा चारवटा कोठाहरु रहेका छन् जसमध्ये माथिल्लो कोठाहरुलाई अरिकल भनिन्छ भने तल्लो कोठाहरुलाई भेन्ट्रिकल भनिन्छ । मुटुमा चारवटा भल्भहरु रहेका छन् । त्यसेैगरि मुटुमा पल्मोनरी धमनी र एओर्टा गरी दुइवटा मुख्य धमनीहरु रहेका छन भने सुपेरियर भेनेकाभा, इन्फेरियर भेनेकाभा र पल्मोनरी शिरा रहेका छन् ।
मुटुको बाँया अरिकल र बाँया भेन्ट्रिकलविच रहेको भल्भलाई बाइकस्पिड भल्भ भनिन्छ। बाँया भेन्ट्रिकल र एओर्टाविचको भल्भलाई एओर्टिक भल्भ भनिन्छ। दाँया अरिकल र दाँया भेन्ट्रिकलविच रहेको भल्भलाई ट्राइकस्पिड भल्भ भनिन्छ। त्यसैगरी दाँया भेन्ट्रिकल र पल्मोनरी धमनीविचको भल्भलाई पल्मोनरी भल्भ भनिन्छ ।
मुटुको दाँया भागका कोठाहरुमा शरीरबाट आएका अशुद्ध रगत जम्मा भई दाँया भेन्ट्रिकलबाट पल्मोनरी धमनी हुँदै फोक्सोमा गई शु्द्ध हुन्छन भने उक्त शुद्ध रगत फोक्सोबाट मुटुका बाँया भागका कोठाहरुमा जम्मा भई बाँया भेन्ट्रिकलबाट एओर्टाबाट पुनः शरीरमा जान्छन् ।
हृदयघात हुनुको प्रमुख कारण वर्णन गर्नुहोस् ।
उत्तरः मुटुका तन्तुहरुमा शुद्ध रगत पुर्याउने धमनीलाई कोरोनरी धमनी भनिन्छ । उक्त धमनीमा कुनै कारणले अवरुद्ध हुँदा मुटुका तन्तुहरुमा रगत र अक्सिजनको मात्राको कमी हुन्छ र मुटुका तन्तुहरुले कार्य गर्न नसक्दा, ति तन्तुहरुमा असर परी नष्ट हुन थाल्छन र मुटुको कार्य गर्ने क्षमता घट्दै जानुलाई ह्रृदयघात भनिन्छ ।
ह्रृदयघात हुनुका कारणहरुः
कोरोनरी धमनीको भित्तामा कोलेस्ट्रोल तथा ट्राईग्लिसराइडहरु जम्नु,
कोरोनरी धमनीको भित्ता साँघुरो हुनु
धमनीहरुमा रगत जम्नु आदी
हृदयघातको परीक्षण गर्ने विधि एन्जियोग्रामको परिचय र महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तरः मुटुका तन्तुहरुमा रगत पठाउने कोरोनरी धमनीमा कुनै कारणले अवरुद्ध हुँदा वा साँघुरो भएको अवस्था पत्ता लगाउन गरिने विशेष प्रकारको एक्सरे विधीलाई एन्जियोग्राफी भनिन्छ र यसबाट प्राप्त तस्विरलाई एन्जियोग्राम भनिन्छ ।
यसले रक्तनलीहरुलाई विशेष चिन्हका साथ देखाउछन् र रगतको प्रवाहमा भएको बाधापन पहिचान गर्न सकिन्छ। यसको लागि शरीरको विशेष धमनी मार्फत मसिनो नली (क्याथेटर) मुटुको कोरोनरी धमनीमा पठाइन्छ र विशेष प्रकारको रसायन रगतमा मिसाइ रक्तनलीको एक्सरे निकालिन्छ ।
एन्जियोग्रामको फाइदाहरु:
१. रगतको प्रवाहमा भएको अवरोध सजिलै पत्ता लगाउन सकिने
२. ह्रृदयघात तथा मस्तिष्कघात हुनबाट जोगाउन सकिने
३. मुटुको समस्या पहिचान गरी उपचार गर्न सहज बनाउने
ओपेन हर्ट सर्जरीको छोटो परिचय दिनुहोस् ।
उत्तरः मुटुका भागहरु, भल्भहरु, तथा अन्य धमनीमा भएका खराबी तथा समस्याको समाधान गर्न, मुटुमा प्रत्यक्ष पहुँच पुर्याई गरिने जटिल शल्यक्रिया विधिलाई ओपन हर्ट सर्जरी भनिन्छ ।
समिपको रगत जाँच गराउँदा उसको रगतमा सेतो रक्तकोष सङ्ख्या जम्मा 3000 मा पाइयो । यो अवस्थामा उसको शरीरमा के के लक्षण देखिन सक्छन् ? कारणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः समिपको रगतमा सेता रक्तकोषको संख्या औषत भन्दा कम भएकोले, यस अवस्थामा उसको शरीरमा निम्न असरहरु देखिन्छ।
१. शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ।
२. सानातिना सुक्ष्म जिवाणुहरुले आक्रमण गरिरहन्छन र संक्रमण देखिन्छ ।
३. रोगहरु चाडै निको हुदैन ।
४. घाउ तथा चोटहरुपनि चाडै निको हुदैन ।
रक्त परीक्षणबाट हरिशको प्लाज्मामा फिब्रिनोजेनको मात्रा निकै धेरै देखियो । यसले उसको रक्त सञ्चारमा अवरोध पुऱ्याउँछ कि पुऱ्याउँदैन । कारणसहित आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।
उत्तरः रगतमा फिब्रिनोजेनको मात्रा बढि भएमा रक्त संचारमा अवरोध हुन्छ किनकी रक्तनलीहरुमा रगत जम्ने खतरा हुन्छ र यसले गर्दा शरीरका जुनसुकै भागको रक्तनलीमा रगत जम्ने सम्भावना रहन्छ र ह्रृदयघात वा मस्तिष्कघातको सम्भावना हुन्छ ।
तलको तालिका अध्ययन गरी प्रश्नको उत्तर लेख्नुहोस् :
कुन व्यक्तिमा हेमोफिलिया भएको छ ?
उत्तरः व्यक्ति X मा हेमोफिलिया भएको छ ।
कुन व्यक्तिको धमनीमा चोट लागेको छ ?
उत्तरः व्यक्ति Y को धमनीमा चोट लागेको छ ।
Y र Z को चोटमध्ये कुन चाहिँ बढी खतरनाक हुन्छ? कारणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः Y र Z मध्ये Y व्यक्तिको चोट बढी खतरनाक हुन्छ किनकी Y व्यक्तिको धमनीमा चोट लागेको छ भने मध्ये Z व्यक्तिको शिरामा चोट लागेको छ र धमनीमा बढि चापमा रगत बग्ने हुँदा, धेरै रगत बग्छ र रक्तश्राव रोक्न गाह्रो हुन्छ तर शिराको रक्तश्राव रोक्न धमनी जतिको गाह्रो हुँदैन र रगत पनि धेरै खेर जाँदैन ।
दिइएको कन्सेप्ट म्याप अध्ययन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
यो कुन प्रकारको रक्त सञ्चार हो ?
उत्तरः यो पल्मोनरी रक्त सञ्चार हो।
यस रक्त सञ्चारको कन्सेप्ट म्यापको कुन कुन भागमा धमनी र शिराले रक्त सञ्चारमा मदत गर्छन् ?
उत्तरः यस रक्त सञ्चारको ‘क’ भागमा धमनीले र ‘ख’ भागमा शिराले रक्तसञ्चारमा मदत गर्छन् ।
दिइएको चित्रको अवलोकन गरी प्रश्नको उत्तर लेख्नुहोस् ।
रक्त नली 15 र 18 विच भिन्नता लेख्नुहोस् ।
उत्तरः नली १५ एओर्टाः यसले शुद्ध रगत बोक्छ । यसले रगतलाई मुटुबाट शरीरमा लैजान्छ ।
नली १८ सुपेरियर भेनेकाभाः यसले अशुद्ध रगत बोक्छ । यसले रगतलाई शरीरबाट मुटुमा ल्याँउछ ।
भल्भ 11 र 13 को कार्य लेख्नुहोस् ।
उत्तरः भल्भ ११-बाइकस्पिड भल्भको कार्यः यसले शुद्ध रगतलाई बाँया अरिकलबाट बाँया भेन्ट्रिकलमा पठाँउछ ।
भल्भ १३- पल्मोनरी भल्भको कार्यः यसले अशुद्ध रगतलाई दाँया भेन्ट्रिकलबाट पल्मोनरी धमनी हुँदै फोक्सोमा पठाँउछ ।
भाग 4 भएन भने के हुन्छ ?
उत्तरः भाग ४-पेरिकार्डियम भएन भने मुटुलाई बाहिरी आघात वा चोटबाट वचाउन सकिदैन ।
6, 7, 8 र 9 को नाम लेख्नुहोस् ।
उत्तरः भाग ६को नामः दाँया अरिकल
भाग ७को नामः बाँया अरिकल
भाग ८को नामः दाँया भेन्ट्रिकल
भाग ९को नामः बाँया भेन्ट्रिकल
नामाङ्कित सफा चित्र कोर्नुहोस् :
मुटुको बाहिरी बनोट
उत्तरः
मुटुको भित्री बनोट
उत्तरः
धमनी, शिरा र केशिका
उत्तरः
पल्मोनरी रक्त सञ्चारः
उत्तरः मुटु र फोक्सोबिच हुने रक्तसंचार प्रकृयालाई पल्मोनरी रक्तसंचार भनिन्छ ।
अशुद्ध रगत मुटुको दाँया भेन्ट्रिकलबाट → पल्मोनरी धमनी हुदै फोक्सोमा गई शुद्ध हुन्छ र → शुद्ध रगत पल्मोनरी शिरा हुदै → मुटुको बाँया अरिकलसम्म आइपुग्ने प्रकृयालाई पल्मोनरी रक्तसंचार भनिन्छ ।
उत्तरः
सिस्टमिक रक्त सञ्चारः
उत्तरः मुटु र शरिरबिच हुने रक्तसंचार प्रकृयालाई सिस्टमिक रक्तसंचार भनिन्छ।
शुद्ध रगत मुटुको बाँया भेन्ट्रिकलबाट→एओर्टिक भल्भ हुदै शरिरको विभिन्न भागहरुमा पुग्छ र प्रत्येक कोषमा खानेकुरासँग प्रतिकृया गरी कार्बनडाइअक्साइड उत्पन्न भइ अशुद्ध रगत बन्छ र →अशुद्द रगत शिराहरुमार्फत जम्मा हुँदै अन्तमा →मुल शिराहरु हुदै →मुटुको दाँया अरिकलसम्म आइपुग्ने प्रकृयालाई सिस्टमिक रक्तसंचार प्रकृया भनिन्छ ।
उत्तरः